Logo
३० आश्विन २०८१, बुधबार
(October 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

धनुषामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य एकजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुर बस्ने वर्ष ४८ का विश्वेश्वर मण्डल रहेका धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार आइतबार साँझ जनकपुरबाट धनुषाधाम तर्फ गइरहेको स ७ प ३९३२ नम्बरको मोटरसाईकल मिथिलाविहारी नगरपालिका २ पर्शुराम तलाउस्थित अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते मण्डलको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मोटरसाइकलमा पछाडि सबार मृतककै आफन्त नन्द मण्डलकी २२ वर्षीया छोरी रेणु मण्डल गम्भीर घाइते रहेको डीएसपी सिंहले बताए ।

उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति: Oct 7, 2024

प्रतिक्रिया दिनुहोस्