Logo
१९ आश्विन २०८१, शनिबार
(October 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढीपहिरोमा परी काभ्रेमा मात्रै ७२ जनाको मृत्यु, ५ अझै बेपत्ता

 काभ्रेमा शुक्रबार र शनिबार अविरल परेको वर्षाको कारण बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या ७२ पुगेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेमा आजसम्मको तथ्यांकअनुसार ५ जना अझै बेपत्ता रहेका छन्।

काभ्रेमा सबैभन्दा बढी पनौती नगरपालिकामा १८ जनाको ज्यान गएको छ भने वेथानचोक गाउँपालिकामा १२ जनाले ज्यान गुमाएका छन् ।

यस्तै तेमाल गाउँपालिकामा ९, मण्डनदेउपुर नगरपालिकामा ७, रोशी गाउँपालिकामा ७, नमोबुद्ध नगरपालिकामा ५, भुम्लु गाउँपालिकामा ३, बनेपा नगरपालिकामा ३ र धुलिखेलमा २ चौरीदेउरालीमा १ जनाले ज्यान गुमाएका छन् ।

बेपत्ताको खोजीकार्य सँगै स्थानीय तहले सहयओग सङ्कलन अभियान सुरु गरेका छन्।

 

प्रकाशित मिति: Oct 4, 2024

प्रतिक्रिया दिनुहोस्