Logo
१४ आश्विन २०८१, सोमबार
(September 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेर ९ दिनदेखि जिल्ला अदालत कास्कीको हिरातमा रहेका नेपाल प्रहरीका पूर्व डीआइजी छविलाल जोशीलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट परेको छ ।

आइतबार जोशीको हकमा अधिवक्ता रोचक जोशीले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका हुन् । सो निवेदनमाथि आज सुनुवाइ हुँदैछ । सो रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजालसमा पेशी तोकिएको छ ।

सहकारी ठगीमा पक्राउ परेका जोशीलाई जिल्ला अदालतले पहिलोपटक ५ दिन र दोस्रो पटक ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जोशीमाथि विभिन्न पाँच सहकारी संस्थाबाट ६५ करोड रुपैयाँभन्दा बढीको रकम गोर्खा मिडियामा लगेर दुरुपयोग गरेको आरोप छ । आइतबार पक्राउ परेका उनी गोरखा मिडिया नेटवर्कमा रवि लामिछाने र जीबी राईसँगै पार्टनर थिए ।

प्रकाशित मिति: Sep 30, 2024

प्रतिक्रिया दिनुहोस्