Logo
१४ आश्विन २०८१, सोमबार
(September 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजमार्गमा अलपत्र यात्रुलाई गन्तव्यमा पठाउन सडक सुचारु गर्ने प्राधिकरणको निर्णय

काठमाडौँ । मनसुनजन्य विपद्का कारण बाढी र पहिरो आएर राजमार्गहरूमा अलपत्र यात्रुलाई तत्काल गन्तव्यमा पठाउने निर्णय गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले अवरुद्ध सड्क सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले व्यवस्था मिलाउने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले जानकारी दिए ।

गृहमन्त्री रमेश लेखक नेतृत्वको बैठकले खोज तथा पुनर्स्थापना लागि रेडक्रस र अन्य साझेदार संस्थाहरूबाट सहायता परिचालन गर्ने निर्णय गरेको छ । त्यस्तै, सम्भावित महामारी आकलन गरेर महामारी फैलन नदिने गरी स्वास्थ्य मन्त्रालयले जनचेतना फैलाउने निर्णय गरेको छ ।

प्रकाशित मिति: Sep 30, 2024

प्रतिक्रिया दिनुहोस्