Logo
१३ आश्विन २०८१, आईतबार
(September 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेयर बजार २४६४ अंकमा झर्‍यो, हाइड्रोपावर समूहमा बाढीको असर

१३ असोज, काठमाडौं । साताको पहिलो दिन आइतबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा २२.३६ अंक घटेसँगै परिसूचक नेप्से २४६४ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५ करोडमा खुम्चियो ।

४६ कम्पनीको मूल्य बढ्दा १९३ को घट्यो भने ५ को स्थिर रह्यो । यस दिन व्यापार र हाइड्रोपावर उल्लेख्य घटे । व्यापार २.९७ र हाइड्रोपावर २.३६ प्रतिशत घटे । देशमा पछिल्लो समयको बाढीपहिरोले केही हाइड्रोपावर आयोजनामा क्षति पुगेपछि समग्र सेक्टरलाई नै यसले असर पारेको देखिन्छ । बैंकिङपछि यो समूह बजारको दोस्रो शक्तिशाली समूह हो ।

यस दिन मूल्य धेरै घटेका कम्पनीमा हाइड्रोपावरहरू अगाडि देखिए ।

बैंकिङ ०.७४, विकास बैंक ०.८९, फाइनान्स १.९१, होटल तथा पर्यटन १.४७, लगानी १.४०, जीवन बीमा ०.३१, माइक्रोफाइनान्स ०.१८, निर्जीवन बीमा ०.१५, अन्य १.०२ प्रतिशत घटे । उत्पादन समूह भने १.०३ प्रतिशत बढ्यो ।

अपर स्याङ्गे हाइड्रोपावरको १० प्रतिशत मूल्य घट्यो । अपरहेवाखोलाको ९.१, मकरजितुमाया सुरीको ८.८, पाँचथर पावरको ८.२, नेपाल फाइनान्सको ७.२, माउन्टेन हाइड्रो नेपालको ७.२, पिपुल्स पावरको ६.८ प्रतिशत मूल्य घट्यो ।

विन नेपाल लघुवित्तको मूल्य ६.५ प्रतिशत बढ्यो । इङ्वा हाइड्रोपावरको ५.४, एनएलजी इन्स्योरेन्सको ४.५ र सोनापुर सिमेन्टको ४.१ प्रतिशत मूल्य बढ्यो ।  कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर, अपी पावर, हिमालयन रिइन्स्योरेन्स र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

प्रकाशित मिति: Sep 29, 2024

प्रतिक्रिया दिनुहोस्