Logo
१३ आश्विन २०८१, आईतबार
(September 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौँमा ११ ब्राण्डका पिउने पानीमा भेटियो कोलिफर्म

 काठमाडौंमा पिउन प्रयोग गरिने पानीका २१ वटा नमूनामध्ये ११ ब्राण्डका पानीमा फेकल कोलिफर्म रहेको पुष्टि भएको छ।

भदौ १२ गतेदेखि २८ गतेबीच विभिन्न स्थानबाट २० वटा पानीको नमूना लिइएको थियो। यसबाहेक उपभोक्ताले गुनासो गरेपछि एउटाको नमूना संकलन गरेर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो।

यसरी पठाइएका २१ वटा नमूनामध्ये ११ वटामा फेकल कोलिफर्म देखिएको काठमाडौँ महानगरले जनाएको छ।

प्रति १ सय मिलिलिटर नमूना परीक्षणमा कोलोनी फर्मिङ युनिट (सिएफयू) मापदण्डविपरीत देखिएको हो। कोलोनी फर्मिङ युनिट (सिएफयू) सूक्ष्म जीवाणुको अवस्था हेर्न प्रयोग गरिने युनिट हो।

प्रकाशित मिति: Sep 29, 2024

प्रतिक्रिया दिनुहोस्