Logo
१३ आश्विन २०८१, आईतबार
(September 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढी,पहिरो र डुवानमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने एमालेको निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने भएको छ ।

आइतबार बिहान बसेको केन्द्रीय कार्यालय र विपद् व्यवस्थापन विभाग तथा स्वयंसेवा विभागको संयुक्त बैठकले तत्काल उद्धार कार्यमा पार्टी कमिटीहरु परिचालन गर्ने निर्णय गरेको एमालेले जनाएको छ ।

विगत तीन दिनदेखि देशभर परेको अत्याधिक वर्षात्का कारण कम्तिमा पनि १०४ जनाले ज्यान गुमाएका छन् भने कविर ७० जना हालसम्म वेपत्ता छन् । आज दिउँसोका लागि सरकारले बोलाएको सर्वदलीय बैठकमा एमालेको तर्फबाट महासचिव शंकर पोखरेलले सुझावहरु राख्ने पनि निर्णय भएको एमालेले जनाएको छ ।

प्रकाशित मिति: Sep 29, 2024

प्रतिक्रिया दिनुहोस्