Logo
१३ आश्विन २०८१, आईतबार
(September 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झ्याप्लेखोलामा पुरिएको माइक्रोबस चितवनबाट आएको पुष्टि, बिहानदेखि निकालियो १५ जनाको शव

१३ असोज, काठमाडौं । झ्याप्ले खोलामा पुरिएका १५ जनाको शव निकालिएको छ ।भेटिएका शवमध्ये ११ पुरुष र ४ जना महिलाको छ ।

फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन ।

सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ ।

झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो

प्रकाशित मिति: Sep 29, 2024

प्रतिक्रिया दिनुहोस्