लेदोले वीपी राजमार्ग अवरुद्ध
११ असोज, काठमाडौं । लेदोसहितको पहिरोले वीपी राजमार्ग अवरुद्ध भएको छ ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-७ चार सय बेंशीमा माथिबाट आएको लेदोको कारण वीपी राजमार्ग अवरुद्ध भएको हो ।
बिहान ८ बजेदेखि अवरुद्ध राजमार्ग खुलाउन गाउँपालिका र प्रहरीले प्रयास गरे पनि निरन्तरको पानीले लेदो आउने क्रम नारोकीएको रोशी गाउपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।
त्यस्तै माम्ती खोलामा भएको अवरुद्ध हटेर यातायात सुचारू भएको पालिकाले जनाएको छ ।