Logo
३० कार्तिक २०८१, शुक्रबार
(September 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्रीको शिष्टाचार भेट

११ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने सिलसिलामा न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता जारी राखेका छन् ।

यसैक्रममा प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्री वाङ यीले पनि भेटेका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार वाङले विहीबार शिष्टाचार भेटवार्ता गरेका हुन् ।

न्यूयोर्कस्थित राष्ट्रसंघको लागि नेपालको स्थायी नियोगका अनुसार सो भेटवार्तामा नेपाल–चीन द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने विषयमा कुराकानी भएको थियो । भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी थिए ।

यसैगरी प्रधानमन्त्री ओलीसँग पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ, कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन अल थानी, लाओसका प्रधानमन्त्री सेनोक्साई सिफानदोन लगायतले पनि भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज बिहान संयुक्त राष्ट्रसंघको ७९ औं महासभालाई सम्बोधन समेत गरेका छन् । साथै अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा पनि सहभागी भएका छन् ।

प्रकाशित मिति: Sep 27, 2024

प्रतिक्रिया दिनुहोस्