Logo
१० आश्विन २०८१, बिहीबार
(September 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकदिन पनि टिकेन शेयर बजारको उत्साह, नेप्से फेरि २४ सयमा झर्‍यो

काठमाडौं । बुधबार एकाएक ४९ अंकले बढेर शेयर बजारमा उत्साह छाएको नेप्से साताको अन्तिम कारोबार दिनमा भने भारी मात्रामा गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक ३२.८१ अङ्कले घटेर २४८६.७६ को विन्दुमा पुगेको हो ।

यस दिन बजारमा १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब ८४ करोड १४ लाख ७ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारका दिन बुधबार नेप्से परिसूचक ४९.१८ अङ्कले बढेर २५१९.५७ को विन्दुमा अडिएको थियो ।

उत्पादन तथ प्रशोधन र ट्रेडिङ समूह बाहेक सबै समुह ओरालो लागेको छ । आजको कारोबारमा ३२२ कम्पनी सामेल थिए । कारोबार रकमका आधारमा अपि पावर कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ ।

प्रकाशित मिति: Sep 26, 2024

प्रतिक्रिया दिनुहोस्