Logo
१० आश्विन २०८१, बिहीबार
(September 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खोला किनाराको थप २० मिटर मापदण्डविरुद्ध काठमाडौँमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । खोला किनाराको थप २० मिटर मापदण्ड लागू हुने भनी सर्वोच्चले गरेको निर्णय र कार्यान्वयन गर्ने काठमाडौँ महानगरपालिकाको तयारीको विरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ ।

फैसला कार्यान्वयन गर्न नसकिने दाबी गर्दै सरकारले दर्ता गराएको पुनरावलोकन निवेदन सुनुवाइकै क्रममा रहेको अवस्थामा आज पनि प्रदर्शन भएको हो पीडितहरूले ‘जनताको सम्पत्ति रक्षा गर, सर्वोच्च अदालतको निर्णय खारेज गर’ जस्ता नारा लगाउँदै काठमाडौँमा प्रदर्शन गरेका हुन् ।

सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव फणीन्द्र गौतमले दर्ता गराएका  निवेदनमा आज न्यायाधीशहरू सपना प्रधान मल्ल,  तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासमा पेशी तोकिएको छ।

प्रकाशित मिति: Sep 26, 2024

प्रतिक्रिया दिनुहोस्