Logo
१० आश्विन २०८१, बिहीबार
(September 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले आज संयुक्त राष्ट्रसंघको ७९‌औं महासभालाई सम्बोधन गर्दै

काठमाडौं, असोज १० । प्रधानमन्त्री केपी शर्मा ओलीले आज स‍ंयुक्त राष्ट्रसंघको ७९‌औं महासभालाई सम्बोधन गर्दैछन्। ​न्यूयोर्कमा रहेका ओलीले स्थानीय समय अनुसार बिहान ९ बजे सुरु हुने महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

त्यसअघि बिहानी सत्रमा ९ देशमा प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रसंघले जनाएको छ। त्यसपछि दिउँसो सत्रमा पहिलो वक्ताको रुपमा प्रधानमन्त्री ओलीको सम्बोधन गर्नेछन् ।

आफ्नो सम्बोधनमा प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, बेरोजगारी, गरिबी निवारण लगायतका विषय उठाउने तयारी गरेका छन्। महासभामा सहभागी गत असोज ४ गते न्युयोर्क गएका प्रधानमन्त्री केपी शर्मा ओली द्विपक्षीय साइडलाइन भेटवार्तामा व्यस्त छन्।

प्रकाशित मिति: Sep 26, 2024

प्रतिक्रिया दिनुहोस्