Logo
११ आश्विन २०८१, शुक्रबार
(September 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुखबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेश अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा मोहम्मद युनुसबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्क आएका प्रधानमन्त्री ओली र डा युनुसबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा उनीहरुबीच आपसी हित र साझा चासोका विविध विषयका साथै ऊर्जा, पर्यटन, पारवहन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

प्रकाशित मिति: Sep 26, 2024

प्रतिक्रिया दिनुहोस्