Logo
९ आश्विन २०८१, बुधबार
(September 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भुक्तानी माग्दै निर्माण व्यवसायीले बुझाए कार्यवाहक प्रधानमन्त्री सिंहलाई ज्ञापन पत्र

९ असोज, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले भुक्तानीको माग गर्दै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाएका छन् । शहरी विकास मन्त्री समेत रहेका सिंहलाई आज भेटेर निर्माण व्यवसायीहरुले भुक्तानी माग गरेका हुन् ।

महासंघका अध्यक्ष रवि सिंहका अनुसार राज्यबाट निर्माण व्यवसायीलाई भुक्तानी गर्ने दायित्व करिब ४५ अर्ब रुपैयाँ छ ।

निर्माण व्यवसायीहरुले राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, संघीयबाट प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भएको आयोजना, स्थानीय अस्पताल लगायतका आयोजनाको भुक्तानी नपाएको बताउँदै आएका छन् ।

काम गरेअनुसारको रकम नपाउँदा निर्माण आपूर्ति चक्र नै अस्तव्यस्त भएको र निर्माण सम्बन्धी उद्योगहरु नै बन्द हुने अवस्था भएको व्यवसायीहरुको गुनासो छ ।

प्रकाशित मिति: Sep 25, 2024

प्रतिक्रिया दिनुहोस्