Logo
८ आश्विन २०८१, मंगलबार
(September 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चले प्रहरीसँग माग्यो दुर्गा प्रसाईं पक्राउ गर्नुको कारण

८ भदौ, काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरी र सरकारसँग दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण माग गरेको छ ।

प्रसाईका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरीको साइबर ब्यूरो र जिल्ला अदालत काठमाडौंसँग प्रसाईंलाई पक्राउ गरेर थुनामा राख्नुको कारण माग गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी एक नेतृले दिएको उजुरीको आधारमा साइबर ब्यूरोले आइतबार प्रसाईंलाई उनको घरबाटै पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले प्रसाईलाई ३ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ । तर प्रसाईंका छोरा निराजनले भने आफ्नो बाबुलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्द बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

प्रकाशित मिति: Sep 24, 2024

प्रतिक्रिया दिनुहोस्