Logo
७ आश्विन २०८१, सोमबार
(September 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टीओआर भन्दा बाहिर गएर छानबिन समितिले कारबाही सिफारिस गरेको डीपीको आरोप

काठमाडौं । सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले सभापति रवि लामिछाने सहितलाई कारबाहीको सिफारिस र रविकै पूर्व साझेदार छविलाल जोशी पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा तरंग छाएको छ ।

जोशी पक्राउ परेको अवस्थामा पार्टी सभापति लामिछाने जुनसुकै बेला पक्राउ पर्ने भयमा रास्वपाका नेता तथा कार्यकर्ता रहेका छन् । आइएतबार साँझ जोशी पक्राउ परेलगत्तै रास्वपाका कार्यकर्ता पार्टी मूख्यालय बसुन्धरामा जम्मा भएका थिए । मध्यरातसम्म पार्टी कार्यालयमै बसेका उनीहरु आज पनि बिहानैबाट पार्टी कार्यालयमा भेला भएका छन् ।

यता पार्टीका उपसभापति समेत रहेका पूर्व मन्त्री डीपी अर्यालले भने कानून विपरित छानबिन समितिले रविलाई कारबाही सिफारिस गरेको जिकिर गरेका छन् । सोमबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले छानबिन समितिले आफ्नो कार्यादेश (टीओआर) भन्दा बाहिरि गएर रविलाई कारबाहीको सिफारिस गरेको जिकिर गरे ।

‘यही संसदीय छानबिन समिति, जुन आफ्नो टीओआरबाट बाहिर गयो। उसले गलत गरिसक्यो,’ अर्यालले भने, ‘उसलाई कारबाही सिफारिस गर्ने अधिकार छैन।’ उनले समितिले ल्याएको ८७ अर्ब रकम अपचलनमा ध्यान नदिइ सरकार रवि लामिछानेको मात्रै पछि लागेको बताए।

‘८७ अर्बको कुरा त्यही प्रतिवेदनले दिएको छ। कुन कुन सहकारीमा रहेछ भनेर बहस चलाउने? ८७ सय करोडको चाहिँ हिसाब छैन,’ अर्यालले भने, ‘रवि लामिछानेचाहिँ ठग होइन रहेछ भनेर मिडियामा बोल्दै हिँड्नुभएको छ। लिखित रुपमा प्रतिनिधि सभामा पेस गर्नुभएको छ। तर, बहस त्यहाँमात्रै भइरहेको छ।’

प्रकाशित मिति: Sep 23, 2024

प्रतिक्रिया दिनुहोस्