Logo
७ आश्विन २०८१, सोमबार
(September 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको राजनीति प्रचण्डकै वरिपरि घुमिरहेको छ: रवीन्द्र मिश्र

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सीट संख्या थोरै भए पनि नेपालको राजनीति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै वरिपरि घुमिरहेको बताएका छन् ।

संविधान निगरानी समूहको कार्यक्रममा बोल्दै उनले नेपालको संविधानलाई प्रचण्ड संविधानको संज्ञा दिए ।

राप्रपाका उपाध्यक्ष मिश्रले भने, ‘नेपालको संविधान २०७२ लाई मैले प्रचण्डको संविधान २०७२ भन्ने गरेको छु । अहिले हामी जुन बाटो हिँडिरहेका छौं, यहाँ अरु पार्टीका साथीहरु पनि हुनुहुन्छ, पहिले सशस्त्र द्वन्द्वको १० वर्ष त्यो सम्पूर्ण समय प्रचण्डको वरिपरि राजनीति घुम्यो ।

उहाँ मूलधारको राजनीतिमा आएको १५ वर्षपछि पनि उहाँकै वरिपरि राजनीति घुमिराखेको छ । ३२ सीटको जादुमय कुरा त उहाँ आफैंले गर्नुभएको छ, सीट थोरै होस् वा धेरै उहाँकै वरिपरि घुमिरहेको छ । यो संविधानबाट जे भएको छ, प्रचण्डकै संविधानमार्फत गरिएको छ, जे वास्तविकता उजागर भएका छन्, त्यो प्रचण्डकै संविधानबाट भएका छन् ।’

उनले अब प्रचण्डको संविधानलाई नेपालको संविधान बनाउनुपर्ने बताए ।

कांग्रेस-एमालेले संविधान आफूहरुले बनाएको भने पनि केन्द्रमा प्रचण्ड नै रहेको नेता मिश्रले जिकिर गरे ।

प्रकाशित मिति: Sep 23, 2024

प्रतिक्रिया दिनुहोस्