Logo
७ आश्विन २०८१, सोमबार
(September 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्जिनियर राम रोहन पन्त अन्तर्राष्ट्रिय शान्ति पुरस्कार डिनद्वारा सम्मानित

 ग्लोबल पिस फाउन्डेसनका दक्षिण एसियाका क्षेत्रीय प्रतिनिधि इन्जिनियर राम रोहन पन्त अन्तर्राष्ट्रिय शान्ति पुरस्कार डीनद्वारा सम्मानित भएका छन्।

पन्तलाई सन् २०२२ का लागि अन्तर्राष्ट्रिय शान्ति पुरस्कार (डिओआइपिपी) को विशिष्ट डीनबाट सम्मानित गरिएको हो। डव्लुडव्लुए/ इक्वुफोर ले ललितपुरमा आयोजना गरेको ११ औं वार्षिक अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा उक्त पुरस्कार प्रदान गरिएको छ।

पन्तले ग्लोबल पिस फाउन्डेसन नेपालको पूर्व अध्यक्षको हैसियतमा सामाजिक मुद्दा, प्रविधि र शान्ति प्रयासलाई अगाडि बढाउन उल्लेखनीय भूमिका खेलेको फाउण्डेसनले जनाएको छ।

उनले भूकम्पको समयमा १ हजार ६ सय युवा स्वयंसेवकको सफल नेतृत्व गर्दै राहत प्रयासका साथै ग्लोबल पीस बिल्डर्स सुरु गरेका थिए । साथै उनले ग्लोबल पिस लिडरसिप कन्फरेन्स इन्डो–प्यासिफिक २०२३ आयोजना गर्नु र शान्ति वातावरण तथा पर्यटन फोरम र उद्यमी युवा चुनौती जस्ता पहलहरू सुरु गरेका थिए।

अवार्ड दिवंगत डा. डीन भान लिउभेनकी छोरी सुश्री डिआना क्रासमुन, विश्व बिना क्रोध (डब्लूडब्लूए) का संस्थापक संरक्षक र वेस्ट वेन्डोभर, नेभाडा, संयुक्त राज्य अमेरिकाका प्रख्यात शान्ति अधिवक्ताद्वारा प्रदान गरिएको थियो।

प्रकाशित मिति: Sep 23, 2024

प्रतिक्रिया दिनुहोस्