Logo
६ आश्विन २०८१, आईतबार
(September 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसेवा आयोगद्धारा आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस

लोक सेवा आयोगले आर्थिक वर्ष २०८०।८१ को ६५ औँ वार्षिक प्रतिवेदन गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। आयोगले सम्पादन भएका मुख्य–मुख्य कार्य सार्वजनिक गरिसकेको छ।

उक्त प्रतिवेदनमा लोक सेवामा सबैभन्दा बढी पाँच लिल्लाका सिफारिस भएको उल्लेख छ।  प्रतिवेदनअनुसार आवको अवधिमा निजामती सेवातर्फ कुल २ हजार ६८८ जना उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका छन्।

जसमा महिला ७४४ र पुरुष १ हजार ९४४ जना रहेका छन्। सबैभन्दा बढी उम्मेदवार सिफारिस हुने पाँच जिल्लामा क्रमशः गुल्मी (१०४), स्याङजा (१०२), सर्लाही (९१), धनुषा (७८) र कञ्चनपुर (७३) रहेका छन्।

रसुवा जिल्लाबाट १ जना मात्र उम्मेदवार सिफारिस भएको छन् भने मनाङ र मुस्ताङ जिल्लाबाट कुनै पनि उम्मेदवार सिफारिस हुन सकेनन्। यो वर्ष सिफारिस हुने उम्मेदवारको औसत उमेर २९ वर्ष रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति: Sep 22, 2024

प्रतिक्रिया दिनुहोस्