Logo
३ आश्विन २०८१, बिहीबार
(September 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिके राउत र उनकी श्रीमती रानीले प्रहरीसँग मागे छुट्टाछुट्टै सुरक्षा

जनमत पार्टीका अध्यक्ष सिके राउत र उनकी श्रीमती सोनी सिन्धु रानीले प्रहरीसँग छुट्टाछुट्टै सुरक्षा माग गरेका छन्।

सिके राउतले केही दिनअघि श्रीमती रानीबाट असुरक्षित भएको भन्दै प्रहरी प्रभाग इमाडोलमा निवेदन दिएका थिए।

श्रीमती रानीले पनि आफू श्रीमानबाटै असुरक्षित भएको भन्दै बिहीबार प्रहरी वृत्त सातदोबाटोमा पुगेकी हुन्।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार उनीहरू दुबै जनाले एकअर्काबाट असुरक्षित भएको भन्दै निवेदन दिएका हुन्।

यसरी निवेदन आएपछि यसबारे दुबै पक्षसँग छलफल गरी सुरक्षाको प्रत्याभूति गराउने एसपी सुवेदीले बताए।

राउत ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ इमाडोलमा बस्छन्। उनले भदौ १२ गते श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध बिच्छेदको मुद्दा दायर गरेका थिए।

उनले अंश र सम्बन्ध बिच्छेद शीर्षकमा मुद्दा दायर गरेका थिए। लामो समयदेखि सम्बन्ध नमिलेको र बस्न नसकिने अवस्था रहेको भन्दै राउतले मुद्दा दायर गरेका हुन्।

आफ्ना दुई छोरी र एक छोरा पनि आफूसँगै राख्न पाउनुपर्ने राउतको माग छ।

प्रकाशित मिति: Sep 19, 2024

प्रतिक्रिया दिनुहोस्