Logo
३ आश्विन २०८१, बिहीबार
(September 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदीय सुनुवाइ समितिबाट १६ देशका राजदूतको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन् ।

शैक्षिक योग्यताको प्रमाणपत्रको विषयमा प्रश्न उठेपछि श्रीलंकाका लागि प्रस्तावित राजदूतको नाम भने अनुमोदन भएन । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको विषयमा अब अर्को बैठकमा छलफल हुनेछ ।

प्रकाशित मिति: Sep 19, 2024

प्रतिक्रिया दिनुहोस्