Logo
३ आश्विन २०८१, बिहीबार
(September 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि खुल्ला गरिएको धरहरा चढ्न सर्वसाधारणको लाइन (तस्विरहरु)

काठमाडौँ । आजदेखि खुल्ला गरिएको धरहरा चढ्न सर्वसाधारणको लाइन लागेको छ । तत्कालीन  प्रधानमन्त्री  केपी शर्मा ओलीले २०७८ वैशाख ११ गते उद्घाटन गरेको धरहरा आज संविधान दिवसको अवसर पारी सर्वसाधारणको लागि खुल्ला गरिएको हो  ।

एक दशकसम्म पनि निर्माण सम्पन्न हुन नसकेको धरहरा फेरि पनि हतारमै खुल्ला गरिएको छ । २०७२ मा भत्किएको धरहराको भग्नावशेष सिसामा राख्ने भनिएको भए पनि अझै पनि धरहराको अवशेष टीनको छाना हालेर राखिएको छ ।

यो आयोजना  पुनःनिर्माण प्राधिकरणको समय सीमाभित्र निर्माण हुन नसकेपछि सहरी विकास मन्त्रालय मातहत सहरी विकास तथा भवन निर्माण विभागबाट आयोजना कार्यान्वयन भइरहेको छ ।

प्रकाशित मिति: Sep 19, 2024

प्रतिक्रिया दिनुहोस्