Logo
३ आश्विन २०८१, बिहीबार
(September 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’, आजैबाट सवारी ठप्प, यसरी बनाइँदै छ स्टेज (तस्बिरहरू)

काठमाडौं । संविधान दिवसको अवसरमा दरबारमार्गमा सवारी निषेध गरेर बिहीबार ‘नेसनल डे कन्सर्ट’ आयोजना हुने भएको छ । भोलि हुने कन्सर्टका लागि बुधबारदेखि नै सवारी आवागमन ठप्प पारेर कन्सर्टको तयारी गरिएको छ ।

दिउँसो ४ बजे हुने कन्सर्ट नागरिकस्तरबाट आयोजना गरिएको बताइएको छ। सरकारले दूरसञ्चार सेवा प्रदायकमार्फत सन्देश नै पठाएर सहभागी हुन आह्वान गरेको छ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुँदैछन् ।

बृहत् नागरिक आयोजक समितिको नामबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना गर्न लागेको हो। उक्त कन्सर्टमा कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बु, आनन्द कार्की, स्वप्न सुमन लगायतका गायकगायिकाहरुले गीत गाउनेछन्। त्यसैगरी, चर्चित ब्यान्डहरु कुटुम्ब र एलिमेन्ट्सको समेत प्रस्तुति रहने बताइएको छ।

बिहीबार संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिकस्तरबाट आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ का लागि मञ्च निर्माण भइरहेकाले उक्त क्षेत्रमा सवारी आवागमन बन्द गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

तस्बिरहरू :-

 

प्रकाशित मिति: Sep 18, 2024

प्रतिक्रिया दिनुहोस्