Logo
३० कार्तिक २०८१, शुक्रबार
(September 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई दोस्रोपटक विश्वासको मत प्राप्त

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। बुधबार प्रदेशसभामा भएको मतदानमा उनको पक्षमा ६६  मत परेको हो। त्यस्तै उनको विपक्षमा १५ मत परेको थियो। ८३ जनाले मतदानमा भाग लिएका थिए। त्यस्तै, २ जना प्रदेशसभा सदस्‍यले मतदान प्रक्रियामा भाग लिएनन्।

नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि संविधानको धारा १६८ (५) अनुसार दोस्रोपटक विश्वासको मत लिएका हुन्।

माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो। सत्ता गठबन्धन परिवर्तन भएसँगै कोशी प्रदेशमा गएको साउन ११ गते माओवादीले कोशी प्रदेशमा सरकारबाट बाहिरिएको थियो।

सत्ता गठबन्धन परिवर्तन भएपछि अहिले कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा कांग्रेस सहभागी भएको छ।

९३ सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्री कार्कीको दल नेकपा एमालेका ४० सांसद छन् भने सत्ताको अर्को घटक कांग्रेसका २९ सांसद छन्।

कोशी प्रदेशसभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।  गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलोपटक वैशाख  ३१ गते विश्वासको मत लिएका थिए।

 

प्रकाशित मिति: Sep 18, 2024

प्रतिक्रिया दिनुहोस्