Logo
३ आश्विन २०८१, बिहीबार
(September 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान दिवसको दिन कोही कैदी पनि नछुट्ने

काठमाडौं । संविधान दिवसको दिन बिहीबार कैद छुट पाएर कोहीपनि नछुट्ने भएका छन् ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले संविधान दिवसमा कोहीपनि नछुट्ने बताए । उनले गृह कार्य नपुगेका कारण रोकिएको बताए ।

‘वर्षमा चारपटक माफी दिने भन्ने हो, संविधान दिवसमा दिनैपर्छ भन्ने होइन । दशैँमा पनि दिन सकिन्छ’, सहसचिव भट्टराईले बताए । यसअघि सरकारले गत गणतन्त्र दिवसका अवसरमा पनि कसैलाई पनि बाँकी सजाय माफी गरेर छाडेको थिएन ।

त्यसपछि ६ सय २० जनाको सूची निकालेर उजुरी भए आह्वान गरिएको थियो। उनिहरुलाई कसैलाई पनि छाडिएको छैन । दुई साताअघि थप ४ सय ९२ जनाको सूची निकालेर उजुरी आह्वान गरिएको थियो ।

कारागार व्यवस्थापन विभाग प्रमुख भट्टराईले जनस्तरबाट विवाद आउन नदिन गृह कार्य भएकाले समय लागेको बताए ।

योगराज ढकाल रिगल कान्डपछि सरकारले ज्यान मुद्धाका कैदीलाई पीडितका आफन्तको सहमति लिएर मात्र छाड्न लागेको छ । यसरी सहमती लिएर दुईपटक सूची निकालिएपनि सरकारले दोस्रोपटक विशेष अवसरमा कैद सजाय छुट दिन रोकिएको हो ।

 

प्रकाशित मिति: Sep 18, 2024

प्रतिक्रिया दिनुहोस्