Logo
३ आश्विन २०८१, बिहीबार
(September 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संकटग्रस्त सहकारीबाटै गोर्खा मिडियामा ८५ करोड रकम गएको पुष्टि : सभापति

काठमाडौं,३१ भदौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन पेश गरेको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले सभामुख देवराज घिमिरेसमक्ष समितिको प्रतिवेदन पेश गरेका हुन् ।

समितिको प्रतिवेदन बुझाउँदै सभापति थापाले रास्वपाका सभापति रवि लामिछाने प्रबन्ध निर्देशन रहेको गोर्खा मिडियामा सहकारी संस्थाबाट ८५ करोड रुपैयाँ आएको बताएका छन् । थापाले विभिन्न समस्या देखिएका सहकारीबाट ८५ करोड रुपैयाँ गोर्खा मिडियामा आएको देखिएको बताएका हुन् ।

‘गोर्खा मिडियामा ८५ करोड सहकारीबाहेक अन्यत्रबाट प्रवाह भएको छैन,’ थापाले भने ।

अनधिकृत रूपमा आएको करोडौं रुपैयाँ खर्च गर्ने क्रममा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने संलग्न रहेको भन्दै समितिले उनलाई कारबाहीका लागि सिफारिश गरेको समिति स्रोतको भनाई छ ।

प्रकाशित मिति: Sep 16, 2024

प्रतिक्रिया दिनुहोस्