Logo
३ आश्विन २०८१, बिहीबार
(September 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहकारी ठगीबारे सभापतिको निष्कर्ष- विवाह, अंशबन्डादेखि ऋणी र शेयर सदस्य समेत ‘फेक’

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्य थापाले सहकारी ठगीमा विवाह, अंशबन्डादेखि ऋणी र शेयर सदस्य समेत ‘फेक’ रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा प्रतिवेदन बुझाउने क्रममा बोल्दै सबैको साझा प्रयासले नै सहकारी क्षेत्रको पुनरउत्थान हुने बताए ।

उनले भने, ‘सहकारी क्षेत्रले नक्कलीको बिगबिगी खेपिरहेको छ । यहाँ विवाह, अंशबन्डा, पुनर्विवाह पनि फेक गरिएको छ । लेखापरीक्षण प्रतिवेदन फेक छन्,कार्य प्रणाली पनि फेक छन् । साधारणसभा, प्रतिवेदन पनि फेक छन् । सेयर सदस्य फेक बनाइन्छन् । ऋणी फेक छन् । यतिसम्मकी गायक रामकृष्ण ढकालसमेत फेक ऋणीका रुपमा पीडित हुनुभएको छ । ‘

उनले सहकारी क्षेत्रको समस्या समाधान गर्नको लागि सबै दलको साझा धारणा बनेको समेत बताए ।

प्रकाशित मिति: Sep 16, 2024

प्रतिक्रिया दिनुहोस्