Logo
२९ पुस २०८१, सोमबार
(September 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रसंघको सम्बोधन र उपस्थितिमा नेपालको शिर झुक्न दिन्‍नँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराएका छन्। सोमबार प्रतिनिधिसभामा उनले असोज ४ देखि हुन लागेको आफ्नो भ्रमणबारे जानकारी गराएका हुन्।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन लागेका विषयमा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले नेपालको हितका पक्षमा कुरा राख्ने स्पष्ट पारे।

‘म संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन ४ गते यसको हेडक्वार्टरतर्फ प्रस्थान गर्दैछु’, उनले भने, ‘यस गरिमामय संसदलई स्पष्ट गर्न चाहन्छु, नेपालका आफ्नो नीति, दृष्टिकोण र आफ्नो समस्या, चुनौती र उपलब्धिहरू छन्।

हामी के प्रयास गरिहेका छौँ, यस सन्दर्भमा विश्वलाई जानकारी गराउने छु। हाम्रो प्रयासले नसकिने कुरामा बाह्य जगतसँग कसरी हातेमालो गर्न चाहन्छौँ भन्ने दृष्टिकोण म नेपालको तर्फबाट राख्नेछु। गर्न चाहन्छौं भन्ने दृष्टिकोण म नेपालको तर्फबाट राख्नेछु।’

आन्तरिक राजनीतिका कुरालाई नटेकी संसदलाई आफ्नो भ्रमण र त्यहाँ उठाउने कुराबारे केन्द्रित भएका उनले संयुक्त राष्ट्रसंघमा नेपालको इज्जत तल पर्ने गरी कुनै विषय नराख्ने प्रतिवद्धता पनि जनाए।

उनले नेपालको छिमेकी नीति, प्रतिवद्धता, नेपालका हिमालका हिउँ अस्वाभाविक रूपमा पग्लेको विषयलाई पनि प्राथमिकतामा साथ उठाउने उनले बताए।

‘हामीले प्राप्त गरेका लोकतन्त्र, त्यसलाई संचालन गर्न हामी आफैँले बनाएका संविधान र संविधानका विभिन्न पक्षहरू, नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धतालाई म त्यहँ स्पष्ट राख्नेछु।

नेपाल सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र र स्वाधीन राष्ट्र हो। यसले राष्ट्रिय गौरवलाई माथि उठाउने छ। जायज र न्यायोचित राष्ट्रिय हितहरू, संरक्षण र संवद्र्धन गर्ने कुरामा नेपालको प्रतिबद्धता, छिमेकी नीति र हितका कुरा पनि स्पष्ट पार्नेछु।’,

उनले भने, ‘त्यहाँ राष्ट्रिय हितका विषय, समस्या र चुनौती, अभिभाराहरूमा केन्द्रित रहेर त्यहाँ छलफल गरिनेछ।कसरी सुरक्षित भविष्य सुरक्षित गर्ने, यसका लाग बालबालिका र  वातावरण आदीका पक्षलाई कसरी गम्भीरताका साथ लिने र सहकार्य गरेर आजको विश्वसँग अघि बढ्ने  भनेर छलफल हुनेछ।

त्यसकारण यी नै विषयमा म राम्ररी नेपालको दृष्टिकोण राख्नेछु। हिमाल र समुन्द्रको इकोस्टिमको बारेमा नेपालको दृष्टिको त्यहाँ राख्नेछु। समुन्द्रको सहत बढ्नुका पछाडि हिमालको हिउँ पग्लिनु कारण रहेको छ।

अत्यधिक हिउँ पग्लिएर  गइरहेका छ। यस्तो किन भइरहेको छ, यसले पारेको प्रतिकूल् असरहरूमा हामीले विश्वको ध्यान आकर्षण गराउनुपर्ने छ।’

साथै प्रधानमन्त्रीले आफ्नो भ्रमणका क्रममा नियोगस्थित झन्डै तीन सय वर्ष पुग्न लागेको कोलम्बिया युनिर्भसिटी र वेस्टर्नमा  अस्थित हार्बट विश्वविद्यालयमा पनि सम्बोधन गर्ने जानकारी गराएका छन्।

प्रधानमन्त्री ओली नेतृत्वको टोली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ४ गते अमेरिका प्रस्थान गर्नेछ। त्यसबारे उनले जानकारी गराएका हुन्।

 

प्रकाशित मिति: Sep 16, 2024

प्रतिक्रिया दिनुहोस्