Logo
३ आश्विन २०८१, बिहीबार
(September 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय नाटक महोत्सवमा छवटा नाटक मञ्चन गरिँदै

 वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा ६  वटा नाटक मञ्चन हुँदैछ।

हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत प्रतिष्ठानद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा आइतबारदेखि आयोजित महोत्सवमा सहभागी हुन देशभरबाट ३२ नाटकले प्रतिस्पर्धा गरेकामा ‘सती कलसा’, ‘घरजम’, ‘निब’, ‘नाच नौवरङ्गी नाच’, ‘लासको खेती’ र ‘सिल्भिया’ मञ्चनका लागि छनोटमा परेका थिए । मञ्चन मंगलबारसम्म जारी रहने छ।

महोत्सवमा पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः एक लाख, रु ५० हजार र रु २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। २०६५ मा स्थापना गरिएको प्रतिष्ठानले कला साहित्य, सञ्चार र नाटकका क्षेत्रमा योगदान गर्ने स्रष्टालाई हरेक वर्ष सम्मान गर्दै आएको छ।

प्रकाशित मिति: Sep 16, 2024

प्रतिक्रिया दिनुहोस्