Logo
३ आश्विन २०८१, बिहीबार
(September 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिन माओवादी सकारात्मक

काठमाडौँ । सोमबार बस्ने प्रतिनिधिसभा बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र सकारात्मक देखिएको छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेका छ ।

तर संसद्मा एमालेका सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई होच्याउने, अपमान गर्ने गरी हिंसा शब्द प्रयोग गरेकोमा आपत्ति जनाउँदै माओवादीले संसद् अवरोध गर्दै  आएको छ । तर आजको बैठकमा आफ्ना भनाइ राखेर संसद् अवरोध खुलाउन माओवादी सकारात्मक देखिएको हो । प्रमुख सचेतक हितराज पाण्डेले सदनमा आफ्ना कुरा राखेर प्रधानमन्त्रीको सम्बोधनमा अवरोधन नगर्ने सङ्केत गरे ।

‘संसद् अवरोधन नगर्ने भनेर सहमति भएको छैन । हामी हाम्रा कुरा संसद्मा राख्छौँ’, छोटो प्रतिक्रिया दिँदै उनले भने ।

यस्तै माओवादीका सांसद सुदन किरातीले जिम्मेवारी बहन गर्दै संसद्मा आफ्ना कुरा राखेर प्रधानमन्त्रीलाई बोल्न दिन सकारात्मक भएको बताए । संसद्को बैठक आजै राति १२ बजेपछि बन्द हुने गरी मन्त्रिपरिषद्ले सिफारिस गरिसेको छ ।

प्रकाशित मिति: Sep 16, 2024

प्रतिक्रिया दिनुहोस्