Logo
२ आश्विन २०८१, बुधबार
(September 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुखको रुलिङविरुद्ध जाने छुट सांसदहरुलाई छैनः महेश बर्तौला

काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सभामुखको रुलिङको विरुद्धमा जाने छुट सांसदहरुलाई नरहेको बताएका छन्।

आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँगको प्रमुख सचेतकहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले नेकपा (माओवादी केन्द्र) का सांसदहरुले सभामुख घिमिरेले रुलिङ गरिसकेको विषयलाई लिएर संसद अवरुद्ध गर्ने भनिरहेको भन्दै संसदमा सभामुखको रुलिङ नमान्ने अधिकार नरहेको बताए।

उनले नियमावलीअनुसार नियमापत्तिको निर्णय गर्ने अन्तिम अधिकार सभामुखलाई हुने भन्दै सभामुखको रुलिङ नमाने कसको मान्ने भन्दै माओवादी सांसदहरुलाई प्रश्न गरे।

उनले सभामुखको रुलिङ हरेक सांसदले मान्ने कर्तव्य हुने बताए। सभामुखको रुलिङविरुद्ध आन्दोलन गर्ने कुरा बेठिक भएको बताए। यसले माओवादीको संसदीय प्रणालीमाथि र उसको निष्ठामाथि प्रश्न सिर्जना गरेको बताए।

प्रकाशित मिति: Sep 15, 2024

प्रतिक्रिया दिनुहोस्