Logo
२ आश्विन २०८१, बुधबार
(September 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अदालतभित्र बहस, बाहिर दुवै पक्षकाे धर्ना

नेपालगन्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकामा भदाै १ गते राति भएकाे खुकुरी हानाहान घटनाकाे जिल्ला अदालत नेपालगन्जमा थुनछेक बहस चलिरहँदा अदालत बाहिर दुवै पक्षले धर्ना दिएका छन्। 

धर्नामा बसेकाे टाेली

अदालतकाे प्रवेशद्वारअगाडि पीडित पक्ष र निर्दोष पक्षले एक अर्कालाई फसाइएको भन्दै धर्ना दिइएका छन्। ठूलाे संख्याका खटिएको प्रहरी टाेलीले बीचमा बसेर दुवै पक्षलाई एक ठाउँमा आउन दिएकाे छैन।

धर्नामा बसेकाे टाेली

दुवै पक्ष ब्यानरसहित अदालतकाे प्रवेशद्वारकाे दुईतिर भुइँमा बसेका छन्। घटनामा संलग्न रहेकाे आराेपमा एमाले बाँकेका युवा संघका अध्यक्ष ज्ञानेन्द्र वलीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। 

घटनामा घाइते रहेका सन्दिप विष्ट र सुलभ मल्लकाे भारतमा उपचार भइरहेको छ।

पीडित पक्षले ज्ञानेन्द्र नै घटनामा संलग्न रहेकाे बताइरहँदा अर्काे पक्षले उनी घटनामा संलग्न नरहेकाे र फसाइएको बताइरहेकाे छ। शुक्रबारदेखि शुरु भएकाे थुनछेक बहसलाई दवाव दिन दुवै पक्ष अदालत अगाडि धर्नामा छन्।

प्रकाशित मिति: Sep 15, 2024

प्रतिक्रिया दिनुहोस्