Logo
२ आश्विन २०८१, बुधबार
(September 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२ लाख रुपैयाँ सहित पलेशालाई पोखरा महानगरको सम्मान

पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ ।

पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई मेयर धनराज आचार्यले आइतबार २ लाख २२ हजार २२२ सहित सम्मान पत्रले सम्मान गरे ।

‘नेपाली खेलकुदको क्षेत्रमा नेपालकी छोरी पलेसा गोवर्धनले प्राप्त गरेको सफलताले खेल जगत मै उत्साहको नयाँ सञ्चार गरेको छ,’ मेयर आचार्यले भने, ‘यो सफलता नेपाल र नेपालीका लागि गर्वको विषय हो ।’

कार्यक्रममा पलेसाका प्रशिक्षक कविराज नेगी लामा र म्यानेजर रामचन्द्र श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।

नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्द्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कांस्य पदक जितेकी थिइन् । पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । २०२१ को एसिया यूथ पारा गेम्समा स्वर्ण जितेकी पलेसा २०१० देखि तेक्वान्दो खेल्न थालेकी थिइन्।

प्रकाशित मिति: Sep 15, 2024

प्रतिक्रिया दिनुहोस्