Logo
२ आश्विन २०८१, बुधबार
(September 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नाइजेरियामा डुंगा दुर्घटना, ६४ जनाको मृत्यु

नाइजेरियामा भएको एउटा डुंगा दुर्घटनामा ६४ जनाको मृत्यु भएको छ।

उत्तर–पश्चिमी नाइजेरियाको जम्फारा राज्यमा एउटा नदीमा भएको दुर्घटनामा परेका ६ जनाको जिवितै उद्धार गरिएको छ। डुंगामा ७० जना सवार रहेको अनुमान छ। दैनिकजसो डुंगा चढेर खेतीपातीका लागि जानेहरु दुर्घटनामा परेको अधिकारीहरुको भनाइ छ।

यस क्षेत्रमा दैनिजसो झण्डै ९ सय किसान खेतीपातीका लागि डुंगा चढेर नदी वारपार गर्ने गरेका छन्। तर त्यसका लागि जम्मा दुईवटा डुंगा रहेका कारण डुंगामा भीड हुने गरेको छ । जसका कारण उनीहरुको ज्यान जोखिममा पर्ने गरेको छ।

यो क्षेत्र विभिन्न आपराधिक समूहका कारण समस्यामा छ भने हालै विभिन्न समयमा हुने भारी वर्षाका कारण बाढीको चपेटामा समेत पर्दै आएको छ। दुई हप्ताअघि आएको भीषण वर्षा र बाढीका कारण यस क्षेत्रका १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।

प्रकाशित मिति: Sep 15, 2024

प्रतिक्रिया दिनुहोस्