Logo
२ आश्विन २०८१, बुधबार
(September 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झापामा प्रचण्डलाई स्थानीयले बुझाए गिरिबन्धुबारे ज्ञापनपत्र, भन्छन्-‘न्याय दिन लागिपर्छु’

काठमाडौं- झापामा रहेका पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आइतबार स्थानीयले ज्ञापनपत्र बुझाएका छन्।

प्रशिक्षण तथा पार्टी प्रवेश कार्यकमका लागि झापा पुगेका अध्यक्ष प्रचण्डलाई स्थानीयले गिरिबन्धु टी स्टेटको ५१ बिघा जग्गाको विषयमा ज्ञापनपत्र बुझाएका हुन्।

‘मर्निङ वाक’मा निस्किएका प्रचण्डलाई स्थानीयले ज्ञापनपत्र बुझाएपछि उनले स्थानीयलाई न्याय दिन आफू लागिपर्ने बताएका छन्।

साथै, उनले यस्तै खालको बेथितीको विरोधमा लाग्दा आफू नेतृत्वको सरकार ढलेको जिकिरसमेत गरेका थिए।

ज्ञापनपत्र:

 

प्रकाशित मिति: Sep 15, 2024

प्रतिक्रिया दिनुहोस्