बलिउड कलाकार राजन कुमार भुटाहामा, सना प्रवीणले गरिन स्वागत
‘चार्ली च्याप्लिन टु’ को नामले प्रसिद्ध गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका बलिउड कलाकार राजन कुमार रामनगर भुटाहा आईपुहेका छन् ।
हरिनगर गाउँपालिका सुनसरी स्थित बालकृष्ण माविको खेल मैदानमा शनिबार हुने बालभेला र साँस्कृतिक कार्यक्रमका लागि प्रस्तुति दिन उनी विराटनगर आईपुगेका हुन्।
उक्त कार्यक्रम कोशी किशोरा समूहको आयोजनामा हुन लागेको हो । समुहकी अध्यक्ष सना प्रवीणले शुक्रवार उनलाई बिराटनगरमा स्वागत गरेका छन् ।
तिनदिन अघि नै नेपाल आएका राजनकुमार काठमाडौ स्थित केही कार्यक्रमहरुमा भाग लिदै शुक्रबार बिराटनगर आईपुगेका हुन् ।
शनिबारको कार्यक्रममा ‘चार्ली च्याप्लिन’ को प्रस्तुति सहित अन्य विभिन्न सांस्कृतिक कार्यक्रमहरु हुने कार्यक्रमका संयोजक तबरेज आलम अन्सारीले बताए ।