Logo
२ आश्विन २०८१, बुधबार
(September 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले आज पदक विजेता पलेशालाई ६५ लाख दिँदै

सरकारले आज पारा ओलम्पिकमा कास्य पदक जितेकी पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार दिने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रममा बीच उक्त पुरस्कार हस्तान्तरण गर्न लागेका छन्। अहिले बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पलेशासहित प्रशिक्षलाई पनि उक्त पुरस्कार हस्तान्तरण गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशालाई कर नकटाइ ६५ लाख राशीको पुरस्कार दिने घोषणा गरेका थिए।

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । उनी पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी हुन् ।

प्रकाशित मिति: Sep 13, 2024

प्रतिक्रिया दिनुहोस्