Logo
३ आश्विन २०८१, बिहीबार
(September 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रास्वपाको राष्ट्रिय भेला २ दिन अगाडि सारियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला २ दिन अगाडि सारिएको छ ।

पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले भेन्युका कारण २ दिन अगाडि राष्ट्रिय भेला आयोजना गर्नुपरेको बताए ।

‘असोजको १ र २ गते गते हामीले राष्ट्रिय भेला गर्ने भएका छौँ । भेन्युका कारण हामीले अघि सार्नुपरेको हो‚’ उनले भने ।

केन्द्रीय समिति बैठकले ३ र ४ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको थियो । उनले महाधिवेशन २०८२ वैशाखमा गर्ने भएपनि मिति भने तोकिनसकिएको जानकारी दिए ।

उनले काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठाको हलमा भेला आयोजना गरिने जानकारी दिए । कार्यवाहक महामन्त्री बुर्लाकोटीले करिब १५ सय प्रतिनिधि सहभागी हुने जानकारी दिए ।

प्रकाशित मिति: Sep 12, 2024

प्रतिक्रिया दिनुहोस्