Logo
४ आश्विन २०८१, शुक्रबार
(September 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वमुख्यमन्त्री कार्की अनशन बस्नुको कारण मलाई थाहा छैनः मुख्यमन्त्री

 बजेट र योजना कटौतीको विषयलाई निवर्तमान मुख्यमन्त्री केदार कार्कीको अनशन बुधबार दोस्रोदिन पनि जारी छ।

सरकारले विभिन्न ९ वटा योजनामा सरकार उदासीन भएको र बजेट कटौती गरेको कार्कीको आरोपका विषय कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की अन्योलमा रहेको बताउँछन्।

उनले निवर्तमान मुख्यमन्त्री कार्कीको अनशनको विषय आफैँले बुझ्न नसकिरहेको बताएका हुन्। देश सञ्चारसंग संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री कार्कीले भने, ‘उहाँको अनसनको विषयमा आफै बुझ्न सकिरहेको छैन। संवाद पनि भएको छैन। उहाँ ब्यक्तिगत रुपमा किन अनसनमा बस्नु भएको हो। उहाँले भने अनुसार कुन शीर्षकमा बजेट राखिएको छैन र रु सबै त समेटिएको छ।’

अनसनमा उठाइएका विभिन्न ९ वटा योजनामा बजेट रहेको बताउँदै मुख्यमन्त्री कार्कीले भने, ‘उहाँले उठाउनुभएको योजना र बजेट कटौतिबारे मैले आफैले मातहतका मन्त्रालयमा बुझ्दा बजेट र योजना रहेको खबर पाएको छु। कुन शीर्षकमा बजेट कटेको छ। सबै शीर्षक समेटिएको छ, मैले बजेट काटेको त कतै पाएको छैन। बरु सबैमा शीर्षक अनुसार नै बजेट राखिएको छ।’

सत्ता साझेदार दल काँग्रेस संसदीय दलले समेत औपचारिक धारणा नबनाइसकेको अवस्थामा उहाँ अनसन बस्नुनै सही नभएको उनको भनाई छ। मुख्यमन्त्री कार्कीले भने, ‘ काँग्रेस संसदीय दलले समेत अनसनबारे औपचारिक धारणा बनाइसकेको छैन। यस अवस्थामा अनसनमा बस्नु नै बेठिक होइन र रु यहाँ सरकार गठनका कुरा छन्। सरकार गठन गरि सहज बनाउँदै जनतालाई सरकार प्रत्याभूति गराउनुपर्नेछ। विकास निर्माण, शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्रमा प्रदेशवासीलाई अपनत्वन गराउनुपर्ने होइन र?’

त्यसैगरि, उहाँले सरकार गठनका विषयमा काँग्रेससंग लगभग सबै सहमति भएको बताएकाछन्। आजभोली नै सरकार गठन हुने बताएका उनले मन्त्रालयको सन्र्दभमा सत्तासाझेदार दल काँग्रेस र एमालेले समान ४ वटा मन्त्रालय पाउने सहमति भएको बताए। त्यसैगरि, काँग्रेस माग गरेको २ वटा राज्यमन्त्री मध्ये १ राज्यमन्त्री दिने मुख्यमन्त्री कार्कीले जानकारी दिए।

प्रकाशित मिति: Sep 11, 2024

प्रतिक्रिया दिनुहोस्