Logo
४ आश्विन २०८१, शुक्रबार
(September 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपसभामुख हटाउने कार्यमा नलाग्न रविको चेतावनी!

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखलाई हटाउने कदम नचाल्न आग्रह गरेका छन्। बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले बिहीवार आफूले प्रधानमन्त्री ओलीलाई भेटेर उपसभामुखको विषयमा भइरहेको चर्चा परिचर्चाहरुको बारेमा वास्तविकता के हो? भनी प्रश्न गरेको बताए।

उनले आफूले यदि उपसभामुखलाई हटाउन लागेको हो भने गलत गर्दै हुनुहुन्छ भनेर सचेत गराएको बताए। उनले दुई तिहाइको शक्ति भएको सरकारको प्राथमिकताहरु धेरै भएको भन्दै शक्तिको सदुपयोग गर्न आग्रह गरेको पनि उल्लेख गरे। उनले प्रधानमन्त्रीले आफू सो विषयमा छलफलमा रहेको जानकारी दिएको बताए।

उनले भने ‘प्रधानमन्त्रीसँग मैले उपसभामुखको विषयमा असाध्यै धेरै समाचारहरु आयो। विभिन्न प्रतिक्रियाहरु विभिन्न ठाउँबाट आएका हुनाले त्यसको बास्तविकता के हो ? के सोचिरहनु भएको छ? यसको वास्तविकता जान्नु जरुरी थियो। त्यसकारणले म उहाँसँग छलफल गर्न गएँ र मैले भने, यदि यो गर्दै हुनुहुन्छ भने गलत गर्दै हुनुहुन्छ, किनभने दुई तिहाई सरकारका प्राथमिकताहरु धेरै छन् । दुई तिहाइ भनेको शक्ति हो। तर त्यो शक्तिलाई कहाँ प्रयोग, सदुपयोग गर्ने भन्ने कुरा तपाईहरुले पक्कै पनि बुझ्नुहुन्छ होला भनेर उहाँलाई मैले सौहार्दपूर्ण रुपमा यो गलत हुन्छ। यदि यस्तै हो भने जे सोचिरहनु भएको छ अत्यन्त गलत हुन्छ र घातक हुन्छ भनेर मैले उहाँलाई बताएँ।’

सभापति लामिछानेले यदि उपसभामुखलाई हटाइए सत्तारुढ दलहरुका लागि आत्मघाती हुने चेतावनी दिए।

प्रकाशित मिति: Sep 11, 2024

प्रतिक्रिया दिनुहोस्