Logo
२ आश्विन २०८१, बुधबार
(September 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीले आज ५ खेलाडीसहित १८ जनालाई सम्मान गर्दै

 राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज ५ खेलाडीसहित १८ जनालाई सम्मान गर्ने भएको छ।

आफ्नो ६१ औं वार्षिकोत्सवको उपलक्ष्यमा राखेपका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओली ती खेलाडीलाई सम्मान गर्न लागेका हुन्। सम्मान कार्यक्रम दिउँसो ३ बजे आर्मी अफिसर क्लब भद्रकालीमा हुनेछ।

सिनियर र जुनियरमा समान १–१ पुरुष–महिला तथा १ पारा खेलाडीलाई सम्मान गरिने छ।

प्रशासनिक र प्रविधिकमा ८ कर्मचारी (२ करारसहित), २ खेल पत्रकार, १ स्थानीय तह, १ प्रायोजक तथा १ राष्ट्रिय खेल संघलाई पुरस्कृत गरिने छ। स्थानीय तह, प्रायोजक र राष्ट्रिय खेल संघलाई कदर पत्र तथा बाँकीलाई कदर पत्रसहित नगद पुरस्कारबाट सम्मान गरिने छ।

सोही अवसरमा राखेपमा २० वर्ष सेवा अवधि पूरा गरेका २ सय ३६ कर्मचारीलाई परिषद् सेवा पदक प्रदान गरिने छ।

वर्षमा हासिल गरेको उपलब्धि, सक्रियता र गतिविधिलाई मध्यनजर गरी पुरस्कृत गर्न लागिएको हो। राखेपले २०२१ साल भदौ १३ गते पहिलो खेलकुद ऐन लागू भएको दिनलाई आफ्नो वार्षिकोत्सवका रुपमा मनाउँदै आएको छ।

वार्षिकोत्सवका दिन यहि भदौ १३ गते राखेपले त्रिपुरेश्वरस्थित आफ्नै हातामा कार्यक्रम आयोजना गरेको थियो ।

 

प्रकाशित मिति: Sep 11, 2024

प्रतिक्रिया दिनुहोस्