Logo
४ आश्विन २०८१, शुक्रबार
(September 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

२५ भदौ, काठमाडौं । श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ दिप्रुङ्चुङमा गाउँपलिका-७ घर भई हाल ललितपुर बस्दै आएका ३३ वर्षीय भक्तिराज राई छन् ।

भदौ १२ गते ललितपुर महानगरपालिका-२४ धापाखेल नखुडोलमा ३५ वर्षीय शशीकला राई आफ्नै कोठामा मृत फेला परेकी थिइन् । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार अनुसन्धान गर्दै जाँदा घटनामा श्रीमानकै संलग्नता देखिएको हो ।

घटनाबारे प्रहरी वृत्त सातदोबाटोबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Sep 10, 2024

प्रतिक्रिया दिनुहोस्