Logo
४ आश्विन २०८१, शुक्रबार
(September 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अहिले हामी प्रतिपक्षमा छौं, पूर्वप्रधानमन्त्रीले केही गर्न सक्दैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नदी किनारका बस्ती हटाउने सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न आफूहरुले सरकारलाई दबाब बढाइरहेको बताएका छन् ।

यसबारे उत्पन्न परिस्थितिबारे आयोजित अन्तरक्रियामा बोल्दै सबैतिरबाट आफूहरुले अदालतको निर्णयविरुद्ध दबाब बढाइरहेको बताए ।

उनले भने, ‘हामी अहिले प्रतिपक्षमा छौं, सबै उस्तै नभन्नुस् है पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीले केही गर्न सक्दैन । कराउन चाहिँ सक्छ । गर्ने काम चाहिँ भनेको मुख्य मान्छेले नै हो ।

जस्तो बंगलादेशमा मुख्य मान्छे को शेख हसिना, अरु त होइनन् नि ? शेख हसिना र त्यो पार्टीसँग नै जनताको गुनासो रह्यो । त्यसैले अदालतको निर्णयलाई सरकारले पुनरावलोकनको लागि जान सक्छ । न्यापालिकालाई कानून व्यउवसायी र पीडितले पनि आफ्नो कुरा राख्नुपर्छ ।’

उनले न्यायपालिकाले जनतालाई न्याय दिने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: Sep 9, 2024

प्रतिक्रिया दिनुहोस्