Logo
३ आश्विन २०८१, बिहीबार
(September 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेयर बजार २६ सय बिन्दुमा झर्‍यो, सबै समूहमा गिरावट

काठमाडौं । शेयर बजार २७ सयको बिन्दुबाट तल झरेको छ । सोमबार बजार ५५.८६ अंकले घटेर २६४६.०३ विन्दुमा अडिएको छ । यसदिन ९ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सबै समुह राताम्मे छ ।

आइतबार २७ सयको मनोवैज्ञानिक रेखामा बजार अडिएर बन्द भएको थियो । सूचकसँगै कारोबार रकम पनि सुस्त भएको छ । करिब ३० अर्ब सम्मको कारोबार भएको शेयर बजारमा साढे ९ अर्बभन्दा कम कारोबार हुन थालेको छ ।

सोमबार ३२७ कम्पनीको २ करोड १० लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । ३७ करोड रुपैयाँभन्दा बढी कारोबार भएको सीइडीबी हाइड्रोपावर कारोबार रकमको आधारमा अगाडी छ । दोस्रोमा हिमालयन रिइन्सुरेन्स र तेस्रो स्थानमा हाथवे इन्भेष्टमेन्ट नेपाल परेका छन् ।

हाथवे इनभेष्टमेन्टको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ । बजार तल झरेपछि कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्न सकेन ।

प्रकाशित मिति: Sep 9, 2024

प्रतिक्रिया दिनुहोस्