Logo
३ आश्विन २०८१, बिहीबार
(September 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनता मात्र होइन भगवान पनि पीडित हुन्छन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओलीले उपत्यकाका नदी आसपासमा २० मिटर जमिन छाड्नुपर्ने सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्दा जनतामात्र नभई भगवान् समेत पीडित हुने बताएका छन् । सोमबार उपत्यका सडक विस्तार सङ्घर्ष समितिको ध्यानाकर्षण बुझेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘त्यही निर्णय कार्यान्वयन गर्ने हो भने जनता मात्र पीडित हुने होइन भगवान् पनि पीडित हुन्छन्’, प्रधानमन्त्री ओलीको भनाइ छ ।  ओलीले उक्त आदेश गर्दा पशुपतिनाथदेखि गुह्येश्वरी मन्दिरसम्म प्रभावित हुने बताए ।

‘पशुपति नाथ कहाँ लाने ? पशुपतिनाथ सार्ने हो भने पनि गुह्येश्वरी कहाँ लाने ? त्यो त अङ्ग पतन भएकै ठाउँ त सार्न सकिँदैन’, ओलीको भनाइ छ । उनले यस्ता धेरै ठाउँ रहेको भन्दै यी कुरामा अदालतको समेत ध्यान जाने आफूले विश्वास लिएको बताए । धर्म, संस्कृति र आस्थासँग जोडिएका कुरामा वैकल्पिक व्यवस्था गर्नुपर्ने भन्दै त्यो आस्था मिच्न नमिल्ने बताए ।

प्रकाशित मिति: Sep 9, 2024

प्रतिक्रिया दिनुहोस्