Logo
३१ भाद्र २०८१, सोमबार
(September 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डले चाहेकै दिन ओली सरकार ढल्छ : जीवन आचार्य

काठमाडौं, २१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का युवा नेता तथा प्रदेश सांसद जीवन आचार्यले माओवादीले चाहेकै दिन केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले सरकार ढल्ने दाबी गरेका छन् ।

अनेरास्ववियू (क्रान्तिकारी) को सुनसरीको १४औं जिल्ला सम्मेलनको उद्घाटन गर्ने क्रममा आचार्यले यस्तो दाबी गरेका हुन् । यद्धपी उनले माओवादी अहिले सरकार परिवर्तनको खेलमा नलाग्ने स्पष्ट पारे ।

अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कडा कदम चालेपछि कांग्रेस र एमाले मिलेको उनको दाबी छ । प्रचण्डका छोरी ज्वाँईसमेत रहेका सांसद आचार्यले कांग्रेस र एमालेले सत्ताको लागि गठबन्धन गरेपनि माओवादीले अब जनतासँग गठबन्धन गरिसकेकोले जनताको साथ लिएर ०८४ को निर्वाचनमा पहिलो शक्ति बन्ने बताए ।

प्रकाशित मिति: Sep 6, 2024

प्रतिक्रिया दिनुहोस्