Logo
३१ भाद्र २०८१, सोमबार
(September 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयोगमा पदाधिकारी नियुक्ति गर्दा पीडितको भावना समेट्न द्वन्द्वपीडितको माग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्वन्द्वपीडित संघले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्ति गर्दा पीडितकेन्द्रित भावनालाई समेट्न माग गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा ध्यानाकर्षण पत्र बुझाउँदै संघले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गर्दा राजनीतिक आधारमा नभई पीडितका भावनालाई निष्पक्षरूपमा प्राथमिकता दिन सक्ने व्यक्तिलाई महत्व दिन आग्रह गरेको हो । सोसम्बन्धी कानून संसद्‍बाट पारित भई यही भदौ १५ गते राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ ।

संघका अध्यक्ष हिमाकुमारी घर्ती नेतृत्वको प्रतिनिधिमण्डले दिएको ज्ञापनपत्रमा २०६३ सालमा अन्तरिम राहतका लागि सरकारबाट घोषणा गरिएको प्रति पीडित ७ लाख ५० हजारमध्ये एक लाख ५० हजारका दरले मात्रै रकम प्राप्त भएकाले बाँकी रकम निकासाका लागि पनि स्मरण गराइएको छ ।

प्रकाशित मिति: Sep 5, 2024

प्रतिक्रिया दिनुहोस्