Logo
३१ भाद्र २०८१, सोमबार
(September 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबैको सहमतिमा संविधान संशोधन हुन्छ: गृहमन्त्री

कञ्चनपुर, भदौ २० । गृहमन्त्री रमेश लेखकले सबैको सहमतिमा संविधान संशोधन हुने भएकाले यसका बारेमा शङ्का नगर्न आग्रह गरेका छन् । नेपाल प्रेस युनियनले कञ्चनपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले गणतन्त्र, सङ्घीयता र समावेशी चरित्रमा कुनै प्रभाव नपर्ने र सबैलाई स्वीकार्य हुनेगरि संविधान संशोधन हुने बताए ।

संविधान संशोधन गरेर राजनीतिक स्थिरता कायम गर्न काङ्ग्रेस र एमालेबीचमा सहमति भएर यो सरकार बनेको भन्दै गृहमन्त्री लेखकले सबै राजनीतिक दलको सहमतिमै संविधान संशोधन हुने बताए । एक अर्को प्रसङ्गमा उनले निर्मला हत्याकाण्ड अनुसन्धानकै क्रममा रहेको र यसलाई आफूले गम्भीर रुपमा लिएको भन्दै यो हत्याकाण्डलाई सघन रूपले अगाडि बढाएको बताए ।

उनले गिरीबन्धु, भुटानी शरणार्थी, सुनकाण्डलगायतका विषयहरूको कानुनी रुपमा समाधान हुने बताए । मझगाउँ विमानस्थल बिस्तारको काम जारी रहेको भन्दै गृहमन्त्री लेखकले थप जमिन लिने प्रकृया अगाडी बढाइएको जानकारी गराए । दोधारा चाँदनी सुख्खा बन्दरगाह र दैजी छेला औद्योगिक क्षेत्रको काम पनि अगाडि बढिरहेको उनको भनाई छ ।

प्रकाशित मिति: Sep 5, 2024

प्रतिक्रिया दिनुहोस्