Logo
३१ भाद्र २०८१, सोमबार
(September 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिर्तामोडमा भेटिएकी अस्मिताको बयान- दुई छोरीलाई विष खुवाएर मैले पनि खाएकी हुँ

विराटनगर । मोरङको सुन्दरहरैँचामा मृत भेटिएका दुई नाबालिग दिदीबहिनीलाई आमाले नै विष खुवाएर हत्या गरेको पुष्टि भएको छ । झापाको बिर्तामोडमा फेला परेकी अस्मिता कार्कीले आफूले नै छोरीहरूलाई विष खुवाएको प्रहरीसमक्ष स्वीकारेकी छन् । उनले पतिले आफूलाई मानसिक तनाव दिएको जिकिर गरेकी छन् ।

उनले आफूले छोरीहरूलाई विष खुवाएर आफूले पनि खाएको बताएको प्रदेश प्रहरी कार्यालय कोशीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहालले जानकारी दिए ।

उनले भने,‘पहिला आफूले विष खाएर छोरीहरूलाई पनि खुवाएको देखिएको छ । कम विष भएकाले उनलाई भने डोज पुगेनछ । ’

दाहालले बच्चालाई विष खुवाएर हिँडेकी आमा अस्मिताले सो दिन जंगलमै बिताएको बताए । उनकाअनुसार विषले नमरेपछि उनी विक्षप्त भएर भौतारिँदो बिर्तामोड पुगेकी थिइन् । उनको शरीरमा अझै विषको असर रहेकाले कोशी अस्पतालमा उपचार गरिएको दाहालले बताए ।

सुन्दरहरैँचा-७ का स्थानीय नारायण न्यौपानेको केरा बगानमा १ वर्षीय आइका र ३ वर्षीय अर्पणा कार्की गत शनिबार दिउँसो मृत अवस्थामा भेटिएका थिए ।

घटनाको ५ दिनपछि झापा बिर्तामोडको सडकमा अस्मितालाई अस्वस्थ्य अवस्थामा प्रहरीले फेला पारेको थियो । उनको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

बन्दै गरेको घरमा पति अर्जुन कार्कीसँग विवाद हुँदा उनी २ छोरी लिएर घर छाडेर हिँडेकी थिइन् । प्रहरीले अस्मिता केही मानसिक समस्यामा रहेजस्तो पनि देखिएको जनाएको छ ।

प्रकाशित मिति: Sep 4, 2024

प्रतिक्रिया दिनुहोस्